२०८३ साउन १२ मंगलबार

राहदानी विभागबाट नयाँ राहदानी वितरणको काम ठप्प, सेवाग्राही मारमा

ई आर्थिक    शुक्रबार, मंसिर ७ २०८१
4.3K
Shares
राहदानी विभागबाट नयाँ राहदानी वितरणको काम ठप्प, सेवाग्राही मारमा

ई-आर्थिक, काठमाडौं । राहदानी विभागबाट नयाँ राहदानी वितरण हुन सकेको छैन् । दुई दिनदेखि विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि त्रिपुरेश्वरस्थित राहदानी विभागबाट  नयाँ राहदानी वितरणको काम ठप्प भएको राहदानी विभागले जनाएको छ ।

बिहीबारदेखि नै नयाँ राहदानी वितरण रोकिएकोमा बनाउने काम भैरहेको राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले बताए ।

राहदानी वितरण ठप्प भएपछि तत्काल राहदानी बनाएर विदेश उड्ने तथा अन्य प्रक्रिया प्रभावित भएको छ ।

राहदानी विभागको विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि राहदानी वितरणको प्रक्रिया ठप्प भएको हो । यसले गर्दा तुरुन्तै रहादानी बनाएर विदेश उड्नुपर्ने र प्रक्रिया थाल्नुपर्नेहरु प्रभावित बनेका  छन् । यसबाट सेवाग्राहीहरुले दु:ख पाएको गुनासो गरेका छन् ।

प्रणालीमा समस्या आएपछि रोकिएकोमा आइतबारदेखि सेवा सुचारु गर्नेगरी तयारी भैरहेको विभागका महानिर्देशक अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij