यज्ञ कार्की, संखुवासभा । तीनजुरे, मिल्के, जलजले पहाडी क्षेत्रको पर्यटकीय गन्तव्य रुपमा प्रचलित बन्दै गएको छ । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा यस क्षेत्र पर्दै आएको छ । पर्यटकको पदमार्ग बन्दै गएको टीएमजे क्षेत्रमा पर्यटनको आगमनले स्थानीयहरु हर्षित भएको बताउछन् । टीएमजे क्षेत्र अर्थात तीनजुरे मिल्के जलजले हो । यस तीनजुरे मिल्के जलजलेलाई सरकारले वि.स. २०५२ मा लालिगुराँस संरक्षण क्षेत्र रुपमा घोषणा गरेको थियो ।
नेपालमा सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय ३२ विदेशी पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अक्टोबरमा कूल एक लाख २४ हजार तीन सय ९३ विदेशी पर्यटक आएका थिए । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा छ दशमलव चार प्रतिशतले बढी हो ।
सन् २०२३ को अक्टोबरमा एक लाख १७ हजार तीन सय छ पर्यटक आएका थिए । कोभिड–१९ (कोरोना महामारी) पूर्व अर्थात सन् २०१९ को तुलनामा ९२ दशमलव ९६ प्रतिशतले पर्यटकको सङ्ख्यामा पुनरुत्थान भएको बोर्डले जनाएको छ । सन् २०१९ को अक्टोबरमा एक लाख ३४ हजार ९६ विदेशी पर्यटक आएका बोर्डको तथ्याङ्क रहेको छ ।
टीएमजे पथ यात्रा सुरु गर्ने तेह्रथुमको बसन्तपुर बजारबाट सुरु भई चौकीबजार , गुफा पोखरी , साँघु , दोभान ,घुन्सा, तमोर हुँदै जम्मा २२ दिनको टेकिङग क्याम्प पछि मात्र मकालु र कंचनजंङ्गा बेसक्याम्प पुग्ने गर्दछन । संखुवासभा मादी नगरपालिका १ चौकी बजार जुन पूर्वी पहाडी क्षेत्रको पर्यटकीय गन्तव्य बसन्तपुरबाट दोस्रो ट्रेकिङ क्याम्प मानिन्छ , पहिलो क्याम्प बसन्तपुर रहेको छ । बसन्तपुर भने लालिगुराँस नगरपालिका तेह्रथुम जिल्लामा पर्दछ । तीन जिल्लाको संगम क्षेत्र रहेको तेह्रथुम ,संखुवासभा , ताप्लेजुङ पर्यटकीय पद मार्ग पनि मानिन्छ । शरद ऋतुको आवगन सगै असोज अन्तिमबाट यस क्षेत्रमा पर्यटनको आगमन सुरु भई फाल्गुण अन्तिम सम्म पर्यटक आउने गर्छन ।
मकालु, कन्चनजङ्गा, कुम्भकर्णका हिमश्रृंखला र हिमाल नजिकैबाट नियाल्न सकिन्छ । यस क्षेत्रको मनोरम दृश्य नियाल्न आन्तरिक तथा बाह्य पर्यटकहरुको सिजना भिड लाग्ने गर्दछ । यस क्षेत्रमा विशेषरुपमा जर्मन ,जापान, अमेरिका , डेनमार्क ,फिन्ल्याण्ड जस्ता युरोपेली मुलुकहरुका साथै एसिया मुलुकहरु बाट पनि बर्षौनी हजारौं पर्यटकहरु आउने गरेको स्थानीय पर्यटन व्यवसायी उदयकुमार लो बताउछन् । उनी भन्छन, हाम्रो क्षेत्र पर्यटकीय क्षेत्र हो । तर सरकारले यस क्षेत्र पर्वद्धनमा चासो नदिएकाले पछाडि परेको उनले गुनासो गरे ।
कोभिडले १९ ले थलिएको पर्यटन क्षेत्र यो सिजनमा भने केही आशा जागेको स्थानीय होटल व्यावसायी बताउछन् । गतवर्ष कमैमात्रमा आएका पर्यटकहरु यो वर्ष भने दिनँहु जसो सयौंको संख्यामा आएका पर्यटन देखेर मन हर्षित भएको बताउछन् स्थानीय व्यवसायी नवीन बुढाथोकी ।
‘संघिय सरकारले यस क्षेत्रमा विभिन्न किसिमका प्याकेजहरु पर्यटकको लागि सुरक्षित साथ कसरी गन्तव्य सम्म पुर्याउने योजना बनाउन सकेमा थप पर्यटन ल्याउन सकिन्छ ।’ सडक स्तरबृद्धी देखि बस्नको लागि सहज वाताबरण बनाउने हो भने यस टीएमजे क्षेत्रलाई ब्यापकरुपमा प्रचारप्रसार गरेका यहाँको पहिचान विश्व सामुपुग्ने बताउछन् मादी नगर पालिका १ का वडा अध्यक्ष नारायणकुमार कार्की ।
यस क्षेत्रको पर्यटन विकास चाडैं हुने थियो । लाखौं लाख पर्यटन वर्षौनि भित्रने थिए । यहाँका स्थानीयवासीहरुको आर्थिक बृद्विसंगै जीवन स्तर राम्रो हुने स्वास्थ्य, शिक्षामा पहुँच पुग्ने थियो र आर्थिक सम्पन्न हुने र यो टिएमजे क्षेत्र नेपालमा सबैभन्दा धेरै ३२ प्रजातिको राष्टिय फूल लालीगुराँस पाईने, हेरिने ठाँऊ भएकोले यहाँ पर्यटन क्षेत्रको विकासको अरू विकल्प नभएको बताउछन् वडा अध्यक्ष कार्की ।

तस्बिर सौजन्य : दिल कार्की मादीनगरपालिका वडा १ को चौकीबाजर । जहाँबाट तापलेजुङ्गको कंचनजङ्गा र मकालु बेसक्याम पदमार्ग जान सकिन्छ ।