२०८३ साउन ११ सोमबार

रवि लामिछानेलाई अदालतले तेस्रोपटक थप्यो १० दिनको समय

ई आर्थिक    मंगलबार, कार्तिक २० २०८१
6.8K
Shares
रवि लामिछानेलाई अदालतले तेस्रोपटक थप्यो १० दिनको समय

ई-आर्थिक, कास्की ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले  थप १० दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका  लामिछानेलाई मङ्गलबार अदालतले तेस्रो पटक म्याद थपेको हो ।

पहिलो पटक कात्तिक ४ गते उहाँलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । दोस्रोपटक सात दिन म्याद थप भएकोमा तिहार बिदा परेकाले मङ्गलबारमात्र लामिछानेलाई अदालत लगिएको थियो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेसहित चार जनालाई थप १० दिन म्याद थप गरेको जिल्ला अदालत कास्कीले जनाएको छ ।

लामिछानेसँगै सूर्यदर्शन सहकारीकै रकम ठगी आरोपमा पक्राउ परी कास्की प्रहरीको हिरासता रहनुभएका गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, लीला पछाई र रामबहादुर खनालविरुद्ध पनि १० दिन म्याद थप भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप ५ दिन हिरासतमा अझै रहुनु पर्नेछ ।  जिल्ला अदालत कास्कीले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई थप पाँच दिन समय दिएकाे हाे । जिल्ला अदालतका कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको एकल इजलासले लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

१० दिनमध्ये पाँच दिन तिहार विदामा कटौती भईसकेको छ । यसरी, लामिछाने अब अझै पाँच दिन हिरासतमा रहनुपर्छ । सूर्यदर्शन सहकारीमा एक अर्ब ३५ करोड अपचलन भएकोमा साढे पाँच करोड गोरखा मिडियामा गएको देखिएको छ भने एक करोड लामिछानेकै नाममा सहकारीबाट जम्मा भएको देखिएको छ ।

देशका विभिन्न ठाउँमा सहकारी स्थापना गरी बचत र अन्य रकम अपचलनमा जीवी मुख्य जिम्मेवार भएको प्रहरी अनुसन्धान र संसदीय छानबिन समितिको निष्कर्ष पछि उनलाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij