२०८३ साउन १० आइतबार

खरिपाटीमा बस दुर्घटना, १० घाइते, दुईकाे अवस्था गम्भीर

ई आर्थिक    मंगलबार, कार्तिक १३ २०८१
3.3K
Shares
खरिपाटीमा बस दुर्घटना, १० घाइते, दुईकाे अवस्था गम्भीर

ई-आर्थिक, भक्तपुर ।  चाँगुनारायण नगरपालिकाको तेलकोटबाट यात्रु बोकेर आएको यात्रुवाहक बस आज खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।

नगरपालिका कार्यालयसँगै घुमाउनेमा तीव्र गतिमा आएको प्रदेश–३–०१–००६ ख ०३१२ नंको बस अनियन्त्रित भई सडकको खम्बामा ठोक्किएर दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी परिसरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए । घाइतेहरुको भक्तपुर अस्पतालमा उपचार भइरहेको उनले बताए ।

दुर्घटनाका प्रत्यक्षदर्शी गोकर्ण पुरीले बस दुर्घटनामा घाइतेको आफूहरुले उद्धार गरी एम्बुलेन्समा हालेर भक्तपुर अस्पताल पठाएको र अगाडि बस्ने दुईजनाको अवस्था भने गम्भीर रहेको जानकारी दिए । बस खम्बामा ठोक्किएर दुर्घटना हुँदा विद्युतकाे खम्बासमेत भाँचिएको उनले भने ।   रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij