२०८३ साउन १२ मंगलबार

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जहाजमा बम भएको आशंका, सेनाले सर्च गर्दै

ई आर्थिक    मंगलबार, कार्तिक ६ २०८१
4.5K
Shares
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जहाजमा बम भएको आशंका, सेनाले सर्च गर्दै

ई-आर्थिक, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एउटा जहाजमा बम भएको हल्ला फैलिएकाे छ । भारतकाे नयाँ दिल्लीबाट उडेकाे भिस्तारा एयरलाइन्सकाे एक विमानमा बम रहेकाे आशंका गरिएकाे हाे ।

भिस्ताराको ‘यूके १५५’ उडान नम्बरकाे उक्त विमान त्रिभुवन विमानस्थलमा साढे ४ बजे अवतरण गरिएकाे थियाे। उक्त हल्ला चलेपछि प्रहरीले विमानस्थलकाे सुरक्षा बढाएकाे छ । यतिबेला, विमानस्थलमा नेपाली सेनाको डिस्पोजल टोली परिचालन गरिएको छ ।

साे विमानलाई छुट्टै राखेर सर्च गरिरहकाे छ । यससँगै, बम रहेको भए पत्ता लगाउन तालिम प्राप्त कुकुरको पनि सहायता लिइएको छ । उक्त विमानमा बम राखेको फोन दिल्लीबाटै आएको बताइएकाे छ। काठमाडौं विमानस्थलमा हाल उडान–अवतरण ठप्प पारिएकाे छ । नेपाली सेना र प्रहरी सहितको सुरक्षा निकायले जहाजमा खाेजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij