ई- आर्थिक, काठमाडौं । आज सेयर बजारमा हरियाली छाएको छ सेयर बजार परिसूचक दोहोरो अकंले बढेको छ । नेप्से ५६.०९ अंकले बढ्दा सेयर बजारमा कारोबार ६ अर्ब १३ करोड रुपैयाँ भएको छ । गत बुधबार घटेर बन्द भएको नेप्से, आज भने बढेर बन्द भएको हो। आइतबार नेप्से परिसूचक ५६.०९ अंक बढेर २६५३.५८ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ९.७५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.५२ अंक बढेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। गत बुधबार ६ अर्ब ७७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०८ स्टकको ६९ हजार ८६० पटकको कारोबारमा ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ५० लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सेयर बजार बढ्दा लगानीकर्ताहरुको फाइनान्स उपसमूहमा उच्च आकर्षण देखिएको छ। १३ उपसमूहमध्ये फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ६.३० प्रतिशत बढेको छ। सबै फाइनान्स कम्पनीहरुको सेयरमूल्य बढेसँगै यस उपसमूहको परिसूचक पनि उच्च दरमा बढ्न पुगेको हो। त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
नेप्से सूचक २६५३ अंक पुग्दा आज मात्रै २.१५ प्रतिशतले बृद्धि भयो । आजसम्म शेयर बिक्री गर्नेले दशै अगाडी शेयरको पैसा पाउन सक्छन् तर ब्रोकरले आजबाट बिक्री गरेको शेयरको पैसा शेयरधनीको खातामा पठाउने सम्भावना एकदमै कम छ । प्रायः ब्रोकरले आफुले तिर्नु पर्ने रकम सकेसम्म छिटो दिदैनन्