२०८३ साउन १२ मंगलबार

सेयर बजारमा छायो हरियाली, नेप्से परिसूचक उच्च अंकले बढ्यो शेयर कारोबार ७ अर्ब ६१ करोड ६५ लाख 

ई आर्थिक    मंगलबार, असोज १५ २०८१
4K
Shares
सेयर बजारमा छायो हरियाली, नेप्से परिसूचक उच्च अंकले बढ्यो शेयर कारोबार ७ अर्ब ६१ करोड ६५ लाख 

ई- आर्थिक, काठमाडौं ।आज  सेयर बजारमा  हरियाली छाएको छ । आज  नेप्से परिसूचक उच्च अंक बढ्यो कारोबारमा ७ अर्ब ६१ करोड ६५ लाख  भएको छ ।  नेपाली शेयर बजारमा कारोबारको तेस्रो दिन  मंगलबार नेप्से परिसूचक उच्च अंक बढेर बन्द भएको छ। उच्च अंक बढेसँगै आज नेप्से परिसूचक २६०० विन्दुभन्दा माथि बन्द भएको हो ।

नेप्से परिसूचक  आज ११४.७० बढेर २६२३.५६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १९.४६ अंक बढेको छ भने फ्लोट यण्डेक्स ७.९६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.०५ अंक बढेको छ।

आज नेप्सेसँगै यस दिन भोल्यूम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ३ अर्ब ७१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०७ स्टकको ९६ हजार ९०६ पटकको कारोबारमा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज सेयर लगानीकर्ताहरुमा  वित्त कम्पनीहरुमा लगानीकर्ताहरुको उच्च आकर्षण देखिएको छ। १३ उपसमूहमध्ये यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ९.७४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको जीवन बीमा र अन्य उपसमूहको परिसूचक यस दिन ४ प्रतिशतभन्दा बढी बढेको छ।

आज २३ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। जसमध्ये अधिकांश कम्पनी वित्त कम्पनीहरु रहेका छन्। यस दिन बुटवल पावर कम्पनी, गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सेन्ट्रल फाइनान्स, जानकी फाइनान्स समृद्धि फाइनान्स लगायतका स्टकहरु सकारात्मक सर्किट लेभलमा कारोबार भएका हुन्। यस दिन मूल्य घटेका स्टकहरुमो गिरावटदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन २८ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको साढे २३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल फाइनन्सको साढे २० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij