२०८३ साउन ११ सोमबार

४१ रूपैयाँ बढेर आएको ग्याँसको मूल्य यथाबत, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

ई आर्थिक    सोमबार, असोज १४ २०८१
9.1K
Shares
४१ रूपैयाँ बढेर आएको ग्याँसको मूल्य यथाबत, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

ई–आर्थिक, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरूको मूल्य समायोजन गरेको छ । निगमले पेट्रोल, डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य घटाएर पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले कमी गरिएको निगमले जानकारी दिएको छ । निगमका अनुसार हवाई इन्धनमा भने आन्तरिक उडानतर्फ प्रतिलिटर ६ रुपैयाँ र बाह्य उडानतर्फ प्रति किलो लिटर ४५ रुपैयाँले मूल्य घटाइएको हो ।

एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आए पनि चाडपर्वलाई लक्षित गरी यथावत् राखिएको निगमको भनाई छ । निगमले इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास लिएको छ ।

आयल निगमले पर्वका बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने पनि जानकारी गराएको छ । समायोजन गरेको मूल्य सोमबार राति १२ बजेदेखि मात्र लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij