२०८३ साउन १२ मंगलबार

अवरुद्ध टेलिकमका सेवाहरु स्थापित हुदै, नेपाल टेलिकम

ई आर्थिक    आइतबार, असोज १३ २०८१
1.9K
Shares
अवरुद्ध टेलिकमका सेवाहरु स्थापित हुदै, नेपाल टेलिकम

ई- आर्थिक,काठमाडौं ।  अविरल वर्षाको कारण शनिवार देशका विभिन्न स्थानहरुमा टेलिफोन सेवाहरु अवरुद्ध भएका थिए । सेवा अवरुद्ध सम्बन्धमा  नेपाल टेलिकमको सेवा स्थापित भैरहेको  जनाकारी दिएको छ ।

विगत केही दिनदेखिको अविरल वर्षाका कारण नेपालभरीका विभिन्न स्थानहरुमा आएको बाढी, पहिरो तथा डुबानका कारणले कतिपय स्थानमा नेपाल टेलिकमका सेवाहरु अवरुद्ध हुन गएको थियो ।

विद्युत आपूर्तिमा रोकावट भई नेपाल टेलिकमका बीटीएस टावरहरु बन्द भएको तथा कतिपय स्थानका ट्रान्समिसन लिङ्कहरु समेत अवरुद्ध भएको अवस्थामा प्रतिकूल मौसमका बाबजुद पनि प्राविधिक परिचालन गरी सेवा पुनर्स्थापित गर्ने प्रयास भैरहेका छन् ।

धेरै स्थानका टेलिफोन तथा इन्टरनेट सेवा सुचारु भैसकेको छ भने अन्य स्थानमा पनि सेवा पुनर्स्थापनाको प्रयास जारी रहेको व्यहोरा अनुरोध  गरेको छ । अप्रत्याशित दैवीप्रकोपका कारणले सिर्जित आपत्तिजनक परिस्थितिमा सेवा अवरुद्ध भई ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति कम्पनी क्षमा मागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij