२०८३ साउन १० आइतबार

सडक मार्ग ठप्प भएपछि हवाई रुटमा चाप, टिकट पाउनै मुस्किल

ई आर्थिक    आइतबार, असोज १३ २०८१
4.5K
Shares
सडक मार्ग ठप्प भएपछि हवाई रुटमा चाप, टिकट पाउनै मुस्किल

ई-आर्थिक, काठमाडौं ।  विगत लगातारदेखिको अविरल वर्षाको कारण सडक मार्ग अवरुद्ध हुदा हवाई रुटमा यात्राको चाप देखिएको छ ।  लगातार परेको वर्षाले नदी तथा  खोला नजिकैको वस्तीहरु सबै डुबानमा परेका छन् भने काठमाडौं छिर्ने राजमार्ग पहिरोका कारण बन्द अवस्थामा छन् । त्यस्तो अवस्थामा हवाई यात्रुको चाप अकस्मात बढ्न गएको हो । हवाई उडानमा यात्रुको चाप बढ्दा अहिले हवाई भाडा दर समेत महंगो बनाउन थालिएको छ ।

आइतबार बिहानैदेखि वायुसेवा कम्पनीहरुले नियमित उडान गरेका छन् ।  त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले समेत उडान संख्या बढाएका छन् । साधारणतया अन्तर्राष्ट्रिय उडान हुँदा सम्म आन्तरिक उडानले प्राथमिकता पाउँदैन । यसले विमानस्थलमा उडानको व्यवस्थापन मिलाउन हम्मे हम्मे परेको छ । सडकको अवस्था अत्यन्तै नाजुक रहेका कारण केही दिन अझै हवाई मार्गमा चाप पर्ने बताइन्छ ।

सम्बन्धित कम्पनी तथा विभिन्न वालेट एपहरूबाट हवाई उडानको टिकट बुकिङ गर्न सकिनेमा काठमाडौंबाट कतिपय स्थानसम्म हुने आन्तरिक उडानमा आइतबार र सोमबारलाई टिकट पूर्णरूपमा बुकिङ भइसकेकाले टिकट नपाइने अवस्था देखिएको छ । काठमाडौंबाट भरतपुर, जनकपुर र धनगढीसम्मको लागि आज र भोलिको हवाई टिकट पूर्णरूपमा बुकिङ भैसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij