२०८३ साउन १० आइतबार

नेप्से परिसूचक ३२.८१ अंक घटेर २४८६.७६ विन्दुमा, ४ अर्ब ८४ करोडको कारोबार

ई आर्थिक    बिहिबार, असोज १० २०८१
1.8K
Shares
नेप्से परिसूचक ३२.८१ अंक घटेर २४८६.७६ विन्दुमा, ४ अर्ब ८४ करोडको कारोबार

ई- आर्थिक, काठमाडौं ।  नेपाली शेयर बजारमा  साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर पुनः २५०० विन्दुभन्दा तल झरेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार, करिब ५० अंक बढेर २५०० विन्दुभन्दा माथि बन्द भएको नेप्से, आज  पुनः २५०० विन्दुभन्दा तल झरेको हो।

बिहिबार नेप्से परिसूचक ३२.८१ अंक घटेर २४८६.७६ विन्दुमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ५.३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९६ अंक घटेको छ।

नेप्से घटेपनि आज  कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ८१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ६५ हजार २५८ पटकको कारोबारमा ४ अर्ब ८४ करोड १४ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख ९१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज  विन नेपाल लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.८५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ। यस दिन ग्रीन भेन्चर्स लिमिटेडको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ५९ रुपैयाँ घटेर ५३१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। साथै दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अपि पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४७ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनएलजी इन्स्योरेन्सको साढे १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०१ अंक बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.३० अंक बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, लगानी र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij