२०८३ साउन १२ मंगलबार

कनेक्ट आइपीएसको शुभ यात्रा अफर अन्तर्गत विभिन्न क्यासब्याक र छुट

ई आर्थिक    बिहिबार, असोज १० २०८१
7.8K
Shares
कनेक्ट आइपीएसको शुभ यात्रा अफर अन्तर्गत विभिन्न क्यासब्याक र छुट

ई–आर्थिक, काठमाडौं । यस चाडपर्वको समयलाई लक्षित गर्दै फ्लाइट तथा बस टिकटको भुक्तानी connectIPSबाट गर्दा आकर्षक “शुभ लाभ अफर” सार्वजनिक भएको छ जस अन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट तथा बस सेवाको टिकटको भुक्तानी connectIPSमार्फत गर्दा आकर्षक क्यासब्याक तथा छुट पाउन सकिन्छ ।

क्यासब्याक अफर बुद्ध एयर प्रा.लि, श्री एयरलाइन्स प्रा.लि., यति एयरलाइन्स प्रा.लि. र बस सेवा ट्राभल एण्ड टुरको टिकट भुक्तानीमा उपलब्ध रहेको छ ।बुद्ध एयरको फ्लाइट खरिद गरेर कनेक्टआइपीएसबाट भुक्तानी गर्दा ग्राहकहरुले रु १०१ क्यासब्याक पाउन सक्नेछन् । त्यस्तै श्री एयरलाइन्सको फ्लाइट टिकटको भुक्तानी कनेक्टआइपीएसबाट गर्दा रु ५०१ क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

साथै यति एयरलाइन्सको फ्लाइट टिकट भुक्तानीमा “YTCIPS” प्रोमो कोड प्रयोग गरेर रु २५० एयरलाइन्सको छुट संगै रु २५१ क्यासब्याक प्राप्त गर्न सकिन्छ । त्यस्तै बस सेवाबाट टिकट काटेर कनेक्टआइपीएस मार्फत भुक्तानी गर्ने पहिलो १००० ग्राहकहरुले रु ५१ क्यासब्याक प्राप्त गर्नेछन् । यी सम्पूर्ण अफरहरुमा प्रति बैंक खातामा एक पटक मात्र क्यासब्याक प्राप्त हुनेछ भने सो अफर असोज ५ गतेदेखि असोज १६ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij