२०८३ साउन १० आइतबार

पाथीभरा केबलकार परियोजनाविरुद्ध मुन्धुमी कला प्रदर्शन र चर्को नाराबाजी

ई आर्थिक    बुधबार, भाद्र २६ २०८१
2.2K
Shares
पाथीभरा केबलकार परियोजनाविरुद्ध मुन्धुमी कला प्रदर्शन र चर्को नाराबाजी

ई–आर्थिक, ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुम्लुङ) मा निर्माण हुन लागेको केबलकार परियोजनाविरुद्ध मुन्धुमी आदिवासी कला प्रदर्शन गरिएको छ। पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिको अगुवाइमा सदरमुकाम फुङ्लिङमा बुधबार प्रदर्शन गरिएको हो।

पाथीभरामा केबलकार बनाउन नहुने र केबलकार परियोजना खारेज गर्नुपर्ने माग गर्दै मुन्धुमी (धार्मिक दर्शन) चित्रकलासहित प्रदर्शन गरिएको हो। पाथीभरा क्षेत्रमै पुगेर कलाकर्मीले बनाएका आर्टिफिसियल (काल्पनिक) चित्र प्रदर्शनसँगै पहिचान पक्षधर समूहले केबलकारविरुद्ध चर्को नाराबाजीसमेत गरेका छन्।

फुङ्लिङ बजारभित्र प्रदर्शनपछि वीरेन्द्र चौकमा पुगेर कोणसभा गरिएको थियो। कोणसभालाई सङ्घर्ष समितिका पदाधिकारी, पहिचानवादी नेतृत्व लगायतले सम्बोधन गर्नुभएको छ। सम्बोधनका क्रममा आदिवासी लिम्बू समुदायको ऐतिहासिक धार्मिकस्थल मुक्कुम्लुङको अतिक्रमण गरी केबलकार बन्न नहुने वक्ताहरुले बताएका छन्।

उनीहरुले केबलकार परियोजना खारेज हुनुपर्ने माग राख्दै जबरजस्ती गरेमा जुनसुकै मूल्य चुकाउन पनि पछि नपर्ने चेतावनी दिएका छन्। मुन्धुमी चित्रकला भने किराँत याक्थुङ चुम्लुङको अगुवाइमा आउनुभएका कलाकर्मी सुवास तामाङ, सपना नेपाली, मनरा प्रजापति, दीक्षा राई, सोनाम चाम्लिङलगायतले मुन्धुमी चित्र बनाउनुभएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij