२०८३ साउन १० आइतबार

राष्ट्र बैङ्कले मुद्दती निक्षेपमा डेढ अर्ब जम्मा गर्ने

ई आर्थिक    मंगलबार, भाद्र २५ २०८१
5.6K
Shares
राष्ट्र बैङ्कले मुद्दती निक्षेपमा डेढ अर्ब जम्मा गर्ने

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब ५० करोड रुपियाँ जम्मा गर्ने भएको छ । राष्ट्र बैङ्कले आफ्नो उपादान तथा पेन्सन कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा राख्न लागेको हो ।

राष्ट्र बैङ्कले वाणिज्य बैङ्कमा एक अर्ब २० करोड, विकास बैङ्कमा २२ करोड ५० लाख र फाइनान्स कम्पनीमा सात करोड ५० लाख रुपियाँ गरी कुल एक अर्ब ५० करोड रुपियाँ राख्न लागेको हो ।

राष्ट्र बैङ्कले २०८१ असोज ४ गतेदेखि २०८२ असोज ४ गतेसम्म ३६६ दिनका लागि बैङ्क तथा वित्तीय संस्थाको मुद्दतीमा उक्त रकम राख्न लागेको हो ।

मुद्दती निक्षेप लिनका लागि निष्क्रिय कर्जा पाँच प्रतिशतभन्दा कम भएको, कर्जा निक्षेप अनुपात निर्धारित सीमाभित्र रहेको, न्यूनतम पुँजी कोष अनुपात कायम रहेकोलगायतका सर्त पुगेका बैङ्क तथा वित्तीय संस्थाले प्रस्तावित ब्याजदर र मुद्दतीमा लिन चाहेको रकम उल्लेख गरी आवेदन दिन सकिने राष्ट्र बैङ्कले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij