२०८३ साउन ११ सोमबार

सुनको मूल्य उचाईमा, नयाँ रेकर्ड कायम गर्दै पुग्यो १ लाख ५३ हजार तीन सय

ई आर्थिक    शुक्रबार, भाद्र २१ २०८१
7.2K
Shares
सुनको मूल्य उचाईमा, नयाँ रेकर्ड कायम गर्दै पुग्यो १ लाख ५३ हजार तीन सय

ई–आर्थिक, काठमाडौं । एक सातापछि नै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला १३०० रुपैयाँले बढेसँगै नयाँ मूल्य रेकर्ड बनेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि भदौ १३ गते सुनको भाउले नयाँ रेकर्ड बनाएको थियो । सो दिन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ शुक्रबार तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १७६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १७९५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij