२०८३ साउन ११ सोमबार

नेपाल एसबिआई बैंक र बुद्ध एयरबीच टिकटमा छुुट दिने सम्बन्धी सम्झौता

ई आर्थिक    मंगलबार, भाद्र १८ २०८१
4.4K
Shares
नेपाल एसबिआई बैंक र बुद्ध एयरबीच टिकटमा छुुट दिने सम्बन्धी सम्झौता

ई–आर्थिक, काठमाडौं । नेपाल एसबिआई बैंक र बुद्ध एयरबीच सहकार्यका लागि सम्झौता भएको छ । बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी एयर टिकटमा ८ प्रतिशतसम्म छुट दिने सम्झौता भएको बैंकले जनाएको छ ।

उक्त सम्झौतापत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा र बुद्ध एयर प्रा। लि।का संचालक रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा बैंकका सल्लाहकार छपिराज पंत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल, दरबारमार्ग मुख्य शाखाका शाखा प्रबन्धक प्रबिन मुनि बज्रचार्य लगायतको उपस्थिति थियो ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij