२०८३ साउन १० आइतबार

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललाई पितृशोक

ई आर्थिक    बुधबार, साउन २३ २०८१
4.4K
Shares
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललाई पितृशोक

ई–आर्थिक, काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललाई पितृशोक परेको छ । अग्रवालका पूजनीय पिता श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा श्रावण २१ गते सोमबार उहाँको निवास सानेपामा स्वर्गारोहण भएको खबरले नेपाल उद्योग परिसंघलाई स्तब्ध बनाएको छ ।

औद्योगिक घराना आरएमसी ग्रुपका संस्थापक अध्यक्ष अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा निरन्तर क्रियाशिल हुनुहुन्थ्यो । सन् १९९३ मा राजेश मेटल क्राफ्ट उद्योग स्थापना गरी उद्योगमा सक्रिय रहनुभएका अग्रवालको अगुवाइमै आरएमसी सिमेन्ट, पाल्पा सिमेन्ट, आरएमसी फुड्स उद्योग संचालनमा छन् ।

मारवाडी सेवा समितिका पूर्वअध्यक्ष समेत रहनुभएका स्वर्गीय अग्रवाल दुई पटक संविधान सभाको सदस्य रहनुभयो । गौशालालगायत अन्य पठ मन्दिर निर्माणमा योगदान गर्नुभएका उहाँले संस्थागत एवं व्यक्तिगत रुपमा सामाजिक क्षेत्रमा समेत योगदान गर्दै आउनुभएको थियो । स्वर्गीय अग्रवालका श्रीमती दुलारी, एक छोरी बबिता, दुई छोराहरु राजेश र विष्णु हुनुहुन्छ ।

स्वर्गीय अग्रवालको पार्थिव शरीरलाई आज मंगलबार बिहान ११ः३० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो । स्वर्गीय अग्रवालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष राजेशकुमार अग्रवाललगायत परिवाजनप्रति परिसंघले गहिरो समवेदना अर्पण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij