२०८३ साउन ९ शनिबार

सबैभन्दा बढी भ्रष्टाचार गर्नेमा कर्मचारी, गत आ.ब.मा ५२४ कर्मचारी अख्तियारको फन्दामा

ई आर्थिक    बुधबार, साउन २ २०८१
2.3K
Shares
सबैभन्दा बढी भ्रष्टाचार गर्नेमा कर्मचारी, गत आ.ब.मा ५२४ कर्मचारी अख्तियारको फन्दामा

ई–आर्थिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ मा दुई सय एक मुद्दा विशेष अदालतमा दायर भएको जानकारी दिएको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०८०/८१ मा विभिन्न माध्यमबाट २६ हजार ५२२ तथा अघिल्लो आर्थिक वर्ष २०७९/८० बाट सरेर आएका नौ हजार २६८ गरी कुल ३५ हजार ७९० उजुरी परेका छन्।

जसमध्ये कुल उजुरी सङ्ख्याको ७६.४९ प्रतिशत अर्थात् २७ हजार ३७५ उजुरी फछर्यौट भएका छन्।

सो आर्थिक वर्षमा गैरकानुनी लाभ हानिसम्बन्धी ५८, घुस ४८, नक्कली शैक्षिक प्रमाण–पत्र ३४, सार्वजनिक सम्पत्तिको हानिनोक्सानी ३४, राजस्व चुहावट १३, गैरकानुनी सम्पत्ति आर्जन ११ र विविध तीन गरी दुई सय एक मुद्दा दायर गरिएको हो।

कुल दुई सय एक आरोपपत्रमा प्रतिवादी सङ्ख्या १५२० जसमध्ये राष्ट्रसेवक कर्मचारी सङ्ख्या ५२४, निर्वाचित जनप्रतिनिधि १०१, मनोनीत पदाधिकारी १८१, लेखापढी व्यवसायी २, बिचौलिया १, व्यवसायी ९१ र अन्य व्यक्ति ६१९ जना रहेका छन्।

आयोगका अनुसार रङ्गेहात कारबाहीमा पक्राउ सङ्ख्या ४४ मध्ये कुल राष्ट्रसेवक कर्मचारी ३२, लेखापढी व्यवसाय/बिचौलिया नौ र वडाध्यक्ष तीन जना परेका छन्।

विशेष अदालतबाट भएका फैसला चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको मुद्दा सङ्ख्या ९२ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij