२०८३ साउन १२ मंगलबार

पशुपतिमा सञ्चालित विशेष कोटीहोम महायज्ञमा उत्साहजन सहभागिता, पहिलो दिनमै पाँच हजार बढी भक्तजनको सहभागिता

ई आर्थिक    बुधबार, साउन २ २०८१
11.5K
Shares
पशुपतिमा सञ्चालित विशेष कोटीहोम महायज्ञमा उत्साहजन सहभागिता, पहिलो दिनमै पाँच हजार बढी भक्तजनको सहभागिता

ई–आर्थिक, काठमाडौं । हिजो साउन १ गतेदेखि विधिवत् रुपमा सुरु भएको पशुपति कोटीहोम महायज्ञमा उत्साहजनक सहभागिता देखिएको छ । ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ नाम दिइएको उक्त विराट महायज्ञ आगामी साउन १ देखि ३२ गतेसम्म सञ्चालन हुनेछ ।

उक्त कोटीहोम महायज्ञको एक कार्यक्रमकाबीचमा उद्घाटन गरिएको थियो । साथमा श्री शिवमहापुराण र श्रीमद्भागवतको कथा प्रवचन पनि सुरु भएको छ ।

कोटीहोम महायज्ञको पहिलो दिन ठूलो सङ्ख्यामा भक्तजन देखिएका थिए । महायज्ञको पहिलो दिन पाँच हजार बढी भक्तजनको सहभागिता रहेको कोटीहोम आयोजक समितिले जनाएको छ । मानवसेवा फाउण्डेसनका संस्थापक तथा पशुपति कोटीहोम महायज्ञका सङ्कल्पकर्ता विजय कृष्णमूर्ति महाराजको अध्यक्षतामा सुरु कोटीहोम महायज्ञ उद्घाटनमा पशुपति मन्दिरका प्रमुख राहुल गणेश भट्टको प्रमुख आतिथ्यता थियो ।

सांसद शेरबहादुर कुँवर, ज्ञानबहादुर शाही, पशुपति विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा, किरात धर्मगुरु डा. चन्द्रकुमार शेर्मालगायत लामा गुरु, बौद्ध धर्म गुरुलगायतको सहभागिता रहेको थियो ।

उद्घाटनको दिनबाट सुप्रसिद्ध कथावाचिका राधिका दासीले शिवमहापुराण र देवी प्रतिभाले श्रीमद्भागवतको कथा शुभारम्भ गरेका छन । दैनिक बिहान ८ बजेदेखि २ बजेसम्म कथावाचिका दासी र दिउँसो २ बजे देखि ७ बजेसम्म देवी प्रतिभाले कथा प्रवचन गर्नुहुने आयोजकले जनाएको छ । त्यसका साथै रुद्री पाठ, १८ पुराणपाठ, एक सय आठ श्रीमद्भागवत पाठ र सप्तचण्डी पाठ पनि सुरु भएको छ ।

१३ सय भन्दा बढी कोटीहोम महायज्ञ उपसमितिहरु बनाएर विशेष कोटीहोम महायज्ञलाई व्यवस्थित बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij