२०८३ साउन १२ मंगलबार

मनसुन सक्रिय हुँदा घनघोर बर्षा, जताततै बाढी पहिरोले भौतिक पूर्वाधार र मानबीय क्षति

ई आर्थिक    आइतबार, असार २३ २०८१
1.9K
Shares
मनसुन सक्रिय हुँदा घनघोर बर्षा, जताततै बाढी पहिरोले भौतिक पूर्वाधार र मानबीय क्षति

ई–आर्थिक, काठमाडौं । देशैभर मनसुुन सक्रिय हुँदा देशको विभिन्न ठाउँमा बाढी, पहिरो जानुका साथै विपत्ती निम्त्याएको छ । विशेषगरी खोला किनारमा रहेका बस्तीहरु डुबानमा पर्दा ठूलो मात्रामा भौतिक पूर्वाधारमा क्षति पुग्नुका साथै मानवीय क्षति पनि व्योहोर्नु परेको छ ।

राजधानी काठमाडौंको नागार्जुन–३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पहिरोले पुरिँदा गोरखाको लखन थापा गाउँपालिका–६ घर भई सोही रेष्टुरेण्टमा काम गर्ने मनोज विकको मृत्यु भएको छ ।

स्याङ्जाको बिरूवा गाउँपालिका(६ मा पहिर‍ो जाँदा ६५ वर्षीया गुईश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्माको मृत्यु भएको छ । ७१ वर्षका माधव शर्मा बेपत्ता छन् ।
काभ्रेपलाञ्चोक जिल्लाको रोसी गाउँपालिका(११ मा खोला तर्ने क्रममा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ।

शनिबार साँझ ७ भ्याकुरे खोला तर्ने क्रममा स्थानीय ६५ वर्षीया जालमाया रुजाल मगर र उहाँकी भदैनी ५ वर्षीया सेतिमाया रुजाल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता हुनुभएकी जालामाया र सेतिमायालाई अविरल वर्षासँगै आएको बाढीले बगाएको प्रहरीले जनाएको छ।

तनहुँ, दाङ, नवलपरासी पश्चिम सहितका जिल्लामा केही मानिसहरू बेपत्ता भएका छन् । कयौं ठाउँमा घर, सडक र पुलपुलेसामा क्षति पुगेको छ ।

बागमती र हनुमन्तेमा आएको बाढीले काठमाडौं र भक्तपुरका बस्ती डुबानमा परेका छन् । ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय नै डुबानमा परेको छ ।

युएन पार्क क्षेत्रमा सडक डुबानमा परेको छ भने बल्खुस्थित तरकारी बजार पनि डुबेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij