२०८३ साउन ११ सोमबार

वीरगन्जको आर्दशनगरमा रहेको सिद्धार्थ बैङ्कमा आगलागी

ई आर्थिक    मंगलबार, असार १८ २०८१
4.2K
Shares
वीरगन्जको आर्दशनगरमा रहेको सिद्धार्थ बैङ्कमा आगलागी

ई–आर्थिक, वीरगन्ज । वीरगन्ज आर्दशनगर मेनरोडस्थित सिद्धार्थ बैङ्कमा आगलागी भएको छ । सोमबार करिब साढे ४ बजेदेखि लागेको आगलागी साँझ ६ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए ।

उहाँले आगो निभाउन वीरगन्ज महानगरपालिका जितपुर कलैया पोखरीया नगरपालिकाका ६ वटा वारुणयन्त्र लगायत ठुलो सङ्ख्यामा नेपाली सेना सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरिएको छ । प्रहरी उपरीक्षक ढुङ्गेलले आगलागीको कारण खुल्न नसके पनि कुनै प्रकारको मानवीय क्षति नभएको बताउनुभयो ।

मुख्य सडक तथा घना बस्तीमा बैङ्क रहेकाले आगो नियन्त्रण गर्न केही समय लागेको भए पनि आगलागीको कारण र थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ढुङ्गेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij