२०८३ साउन १२ मंगलबार

यात्रुबाहक बसको डिक्कीमा एक हजार किलो अबैध सुपारी, रौतहट प्रहरीद्वारा बरामद

ई आर्थिक    सोमबार, असार १० २०८१
4.7K
Shares
यात्रुबाहक बसको डिक्कीमा एक हजार किलो अबैध सुपारी, रौतहट प्रहरीद्वारा बरामद

ई–आर्थिक, रौतहट : रौतहट प्रहरीले ठूलो परिमाणमा अबैध सुपारी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विशेष सूचनाको आधारमा चन्द्रपुर नगरपालिका वडा नम्वर १ पौराइस्थित पूर्व पश्चिम राजमार्ग प्रहरीको गस्ती टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको यात्रुबाहक बसको डिक्कीबाट करिब एक हजार किलो सुपारी बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीले गस्तीमा रहेका प्रहरीले पौराइस्थित सडक खण्डमा झापाबाट नेपालगञ्जतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४२९३ नम्वरको बस रोकी चेकजाँच गर्दा उक्त बसका पछाडि रहेको डिकीमा राखिएको ३३ बोरा सुपारी फेला परेको बताइन् ।

बरामद गरिएको सुपारीको मूल्य साढे आठ लाख रुपैयाँ बराबर रहेको बताउँदै प्रवक्ता गिरीले आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बारा पथलैयाको जिम्मा लगाइएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij