२०८३ साउन १० आइतबार

‘पेवल नेपाल र सजिलो पे’ ६० किलो सुन तस्करीलगायतका अपराधमा संलग्न, ६ जनालाई पक्राउ गरेर अनुसन्धान हुदै

ई आर्थिक    सोमबार, जेष्ठ २८ २०८१
6.4K
Shares
‘पेवल नेपाल र सजिलो पे’ ६० किलो सुन तस्करीलगायतका अपराधमा संलग्न, ६ जनालाई पक्राउ गरेर अनुसन्धान हुदै

ई–आर्थिक, काठमाडौँ । दुई वटा भुक्तानी सेवा प्रदायक कम्पनी ‘पेवल नेपाल र सजिलो पे’ ६० किलो सुन तस्करी प्रकरण लगायत विभिन्न आर्थिक अपराध कार्यमा संलग्न रहेको भेटिएको छ । उक्त कार्यमा संलग्न ६ कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

यी दुई कम्पनीका ६ कर्मचारीलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । अवैध हुण्डी र सुन, क्रिप्टोको अवैध कारोबारमा जोडिएपछि ६ जनालाई नियन्त्रणमा लिइएको बोगटीले बताए ।

पक्राउ पर्नेहरूमा भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा, काश्यव मानन्धर र अथुकछाक खम्पा छन् । पक्राउ परेका मध्ये खम्पा मेट्रो अस्पतालमा भर्ना भएका छन् ।

उनीहरुविरुद्ध आइतबार काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप भएको छ । सीआईबीले अहिले ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij