२०८३ साउन ११ सोमबार

हिरासतमा रहेका विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गर्यो चौथो भ्रष्टाचार मुद्दा

ई आर्थिक    बुधबार, जेष्ठ ९ २०८१
5.1K
Shares
हिरासतमा रहेका विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गर्यो चौथो भ्रष्टाचार मुद्दा

ई–आर्थिक, काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध आज बुधबार चौथो पटक भ्रष्टाचारको मुद्दा दायर गरेको हो । पौडेल भ्रष्टाचार मुद्दामा यसअघि नै पक्राउ परेर हिरासतमा छन् ।

विकलले ६२ करोड रुपैयाँ गैरकानुनी आर्जन गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ । उनले गैरकानूनी सम्पत्ति आर्जन गरी सिंगापुर र अमेरिकामा लुकाएको समेत खुल्न आएको छ ।

विकलविरुद्ध यसअघि नै तीन वटा भ्रष्टाचार मुद्दा दायर भएको थियो । तीमध्ये दुई मुद्दा विशेष अदालतमा विचाराधीन छ भने एउटा मुद्दामा उनलाई दोषी ठहर गर्दै दुई वर्षको कैद सजाय सुनाइसकिएको छ । सो मुद्दामा विकलबाट २५ करोड ४७ लाख बिगो र बिगो बराबरकै रकम जरिवाना गर्ने फैसाला भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij