२०८३ साउन १२ मंगलबार

सरकारको नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँने अर्थमन्त्री पुनको दाबी

ई आर्थिक    मंगलबार, जेष्ठ १ २०८१
4.8K
Shares
सरकारको नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँने अर्थमन्त्री पुनको दाबी

ई–आर्थिक, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम राम्रो आएको र त्यसलाई कार्यान्वयन हुने गरी बजेट आउने बताउनुभएको छ।

नीति तथा कार्यक्रमबारे सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै अर्थमन्त्री पुनले यसपटक विगतमा झैँ नीति तथा कार्यक्रम र बजेटको तालमेल नमिल्ने समस्या नरहने स्पष्ट पार्नुभयो।

“विगतमा नीति तथा कार्यक्रम र बजेटको तालमेल मिलेन भन्ने गुनासो आउँथ्यो यसपटक त्यस्तो हुँदैन”, अर्थमन्त्री पुनले भन्नुभयो, “अहिले नीति तथा कार्यक्रम जे आएको छ, राम्रो आएको छ। यसैलाई समर्थन गर्ने गरी बजेट आउँछ र त्यो बजेटमार्फत यसको कार्यान्वयन हुन्छ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij