ई–आर्थिक, काठमाडौं । साउदी अरबका एक भूतपूर्व गुप्तचर अधिकारीले साउदी अरबमा निर्माणाधीन ुनीअमु परियोजनाका लागि गाउँ खाली गराउन सुरक्षाकर्मीलाई स्थानीय गाउँलेहरूविरुद्ध घातक बल प्रयोग गर्ने अनुमति दिइएको बताएका छन् ।
साउदी अरबको पश्चिमोत्तर भागको मरुभूमिमा भएका गाउँहरू खाली गराएर एक करोड मानिस अट्ने अत्याधुनिक सहर बनाउने काम चलिरहेको छ । उक्त परियोजनाका लागि ४०० अर्ब पाउन्ड खर्च लाग्ने छ ।
नीअमु परियोजनाअन्तर्गत पानीमा तैरिएको एउटा सहर, एउटा स्की रिसोर्ट र १०० माइल लामो सीधा रेखामा फैलिएको सहर हुने छन् ।
यद्यपि सन् २०३० सम्म उक्त सहरको १.५ माइल भाग मात्र बन्ने छ ।
यो परियोजना साउदी अरबलाई आधुनिक बनाउने युवराज मोहम्मद बिन सलमानको चाहनाअनुसार बन्न लागेको बीबीसीले जनाएको छ ।