२०८३ साउन १२ मंगलबार

विद्युत उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ, तमोर नदीमा निर्माण हुने १६ आयोजना मध्ये १४ फक्ताङलुङमा

ई आर्थिक    बिहिबार, बैशाख ६ २०८१
8.1K
Shares
विद्युत उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ, तमोर नदीमा निर्माण हुने १६ आयोजना मध्ये १४ फक्ताङलुङमा

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङ जिल्ला विद्युत उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन् । विद्युत विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन छन् ।

ती आयोजनाबाट एक हजार छ सय ५४ दशमलव ५१ मेगावाट बिजुली उत्पादन हुनेछ । मिक्वाखोला गाउँपालिका हुँदै बग्ने मेवाखोलाबाट चार जलविद्युत आयोजना निर्माणाधीन छन् । मेवाखोलामा निर्माण भइरहेका आयोजनाबाट एक सय ७८ दशमलव ४२ मेगावाट विद्युत उत्पादन हुने छ । काबेली खोलामा चार वटा आयोजना निर्माण भइरहेका छन् ।

ती आयोजनाबाट ९५ दशमलव ४३ मेगावाट बिजुली उत्पादन हुनेछ । यसै गरी, पालुङखोलामा निर्माणाधीन दुई आयोजनाबाट ५१ मेगावाट विद्युत उत्पादन हुने छ । सोना खोलामा हिमाली हाइड्रोपावरले नौ मेगावाट बिजुली उत्पादनका निम्ति प्रारम्भिक चरणका काम पूरा गरेको छ । सिदिङवा गाउँपालिका–१ इवा खोलामा तीनजुरे हाइड्रोपावरले चार दशमलव ६ मेगावाट क्षमताको आयोजनालाई द्रुत गतिमा अघि बढाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij