२०८३ साउन १२ मंगलबार

घरजग्गाको कारोबारबाट चार अर्ब राजस्व सङ्कलन

ई आर्थिक    मंगलबार, बैशाख ४ २०८१
3.8K
Shares
घरजग्गाको कारोबारबाट चार अर्ब राजस्व सङ्कलन

काठमाडौँ । घरजग्गाको कारोबारको राजस्व सङ्कलनमा वृद्धि भएको छ । पछिल्लो तीन महिनायता घरजग्गाको कारोबारमा सामान्य सुधार हुँदै गएको देखिन्छ । गत माघमा सरकारले घरजग्गा कारोबारबाट तीन अर्ब ३७ करोड ५७ लाख रुपियाँ सङ्कलन गरेको थियो भने फागुन महिनामा तीन अर्ब ५९ करोड २६ लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो ।

त्यस्तै चैत महिनामा तीन अर्ब ९४ करोड ८१ लाख रुपियाँ सङ्कलन भएको थियो । यसरी चैतमा फागुन महिनाभन्दा ३५ करोडले रुपियाँले बढेको रुपियाँले बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

विभागका अनुसार फागुन महिनाको तुलनामा चैत महिनामा ३५ करोड रुपियाँले राजस्व सङ्कलन बढेर चैत महिनामा ५० हजार घरजग्गाको कारोबारबाट तीन अर्ब ९४ करोड ८१ लाख ३६ हजार रुपियाँ राजस्व सङ्कलन भएको विभागको तथ्याङ्कमा उल्लेख छ । विभागका अनुसार चैतमा रजिस्ट्रेसन दस्तुरबापत दुई अर्ब ४९ करोड १७ लाख ९४ हजार रुपियाँ, पुँजीगत लाभकरबापत एक अर्ब ४६ करोड ९१ लाख सात हजार रुपियाँ, देशभरका मालपोत कार्यालयबाट सेवा दिएबापत सेवा करबापत ३१ करोड ५२ लाख ५० हजार रुपियाँ, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्क तीन करोड ४७ लाख ९८ हजार रुपियाँ विलम्ब शुल्क र अन्य विभिन्न सेवामार्फत राजस्व सङ्कलन गरेको छ ।

चैत महिनामा कुल ५० हजार २५२ वटा लिखत पारित भएको छ भने पाँच हजार ८८६ वटा नामसारी भएको छ । यस्तै ११ हजार २५० वटा संशोधन हुँदा ३९ हजार ८२२ जग्गा रोक्का भएको छ । यसै गरी २९ हजार २४७ फुकुवा र ४४४ जग्गा बाँडफाँट भएको छ । घरजग्गाको कारोबारमा सामान्य सुधार भएसँगै राजस्व सङ्कलनमा वृद्धि भएको हो ।

विभागका अनुसार चैत महिनामा सबैभन्दा बढी राजस्व सङ्कलन लगनखेल मालपोत कार्यालयले ३९ करोड ६२ लाख १७ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । यस्तै मालपोत कार्यालय भक्तपुरले चैतमा २७ करोड ६७ लाख ६६ हजार रुपियाँ सङ्कलन गरेको छ । कलङ्की मालपोतबाट २५ करोड ७६ लाख ७३ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

डिल्लीबजारको भूमिसुधार तथा मालपोत कार्यालयले २४ करोड ५९ लाख ४६ हजार रुपियाँ सङ्कलन गरेको छ भने मालपोत कार्यालय चाबहिलले २३ करोड २१ लाख ८१ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । भक्तपुरले चैतमा ९६९ लिखत पारित गरेको छ भने कलङ्की मालपोतले ७३१, डिल्लीबजारले २०५ र चाबहिलले ४९१ लिखत पास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij