२०८३ साउन ११ सोमबार

सवारी साधन कर्जा तथा आवासीय कर्जा अन्तर्गत निष्कासित कार्बन उत्सर्जन प्रतिवेदन लक्ष्मी सनराइज बैंकद्वारा सार्वजनिक

ई आर्थिक    मंगलबार, बैशाख ४ २०८१
6.8K
Shares
सवारी साधन कर्जा तथा आवासीय कर्जा अन्तर्गत निष्कासित कार्बन उत्सर्जन प्रतिवेदन लक्ष्मी सनराइज बैंकद्वारा सार्वजनिक

ई–आर्थिक, काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको सवारी साधन कर्जा तथा आवासीय कर्जा अन्तर्गत निष्कासित कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ ।

वातावरणीय उत्तरदायित्व प्रतिबद्धतालाई सुढृद बनाउँदै बैंकले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसीप (पीसीएएफ) सँग २०२१ देखि आबद्व छ।

पीसीएफ वित्तीय संस्थाहरूको विश्वयापी साझेदारी समूह हो, जसले वित्तीय संस्थाहरूको कर्जा र लगानीका क्षेत्रहरू मार्फत उत्सर्जन हुने ग्रिन हाउस ग्याँसको मूल्यांकन र सोको विवरणहरू संकलन तथा सार्वजनिक गर्ने गर्दछ ।

लक्ष्मी सनराइजको प्रकाशित विवरणले बैंकको सवारी साधन कर्जा र आवासीय कर्जा मार्फत गत आवसम्म (१६ जुलाई २०२३ सम्म) कुल १५ हजार ९६५ टन कार्बनडाइअक्साइड इक्विभ्यालेन्ट उत्सर्जन गरेको देखाएको छ । जसमध्ये सवारी साधन कर्जा मार्फत ३ हजार ६४४.५१ टन र आवासीय कर्जा मार्फत १२ हजार ३२०.६० टन कार्बन उत्सर्जन भएको छ।

बैंकले आफ्नो कार्बन फुटप्रिन्टको पहिचानसँगै उत्सर्जन गरेको कार्बनडाइअक्साइडको असरलाई न्यूनीकरण गर्न पहल अगाडि बढाइसकेको जनाएको छ ।

विभिन्न हरित परियोजनामा लगानी बढाउनुका साथै आफ्ना डिजिटल प्लेटफर्मको पहुँचलाई अझ सुगम र सुढृद बनाउने, पूर्ण-रूपमा डिजिटल बचत खाताहरुको सञ्चालन गर्ने र आफ्ना ग्राहकलाई दिगो अभ्यास गर्न प्रेरित गर्ने लगायतका कार्यहरू गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij