२०८३ साउन ९ शनिबार

आइटी र जलविद्युत क्षेत्रलाई बढवा दिने बजेट ल्याइने अथमन्त्री पुनको आश्वसन

ई आर्थिक    बुधबार, चैत्र २८ २०८०
4.7K
Shares
आइटी र जलविद्युत क्षेत्रलाई बढवा दिने बजेट ल्याइने अथमन्त्री पुनको आश्वसन

ई–आर्थिक, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले कसैको अनुहार, नाता, पार्टी हेरेर बजेट नबनाउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारणसभामा बोल्दै पुनले आइटी र जलविद्युत क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट बनाउने बताएका हुन् ।

उनले कुनै एक व्यक्ति बिग्रियो भन्दैमा सबै समूदायनै बिग्रियो भन्ने मानसिकता गलत भएको बताए । एकजना व्यावसायी खराब हुँदैंमा सबै व्यावसायीलाई चोर खराब भन्ने भास्य स्थापना हुनु दुखद रहेको बताउँदै सबैलाई सराप्न नहुने बताए ।नीतिगत निरन्तरताको पक्षमा आफू रहेको बताउँदै आगामी बजेटमा त्यसको झलक देख्न पाइने मन्त्री पुनले बताए ।

उनले भने “बजेट जलविद्युत र आइटी व्यवसायलाई प्रथामिकता दिँदै उद्योमैत्री आउँनेछ, सरकारलाई गाली हैन रचनात्मक सुझावको आवश्यकता छ, व्यावसायिक घरानाको समस्या लिएर सुटुक्क हैन पुरै व्यावसायको समस्या लिएर आउनुस् म सँधै सामुहिक रुपमा सुन्न र समाधान गर्न तयार छु ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij