२०८३ मंसिर ४ बिहिबार

पूर्व आईजीपी कार्कीको रिटमा सर्वोच्चको कारण देखाउ आदेश, दुवै पक्षलाई छलफलमा बोलायो

ई आर्थिक    बुधबार, मंसिर ३ २०८३
589
Shares
पूर्व आईजीपी कार्कीको रिटमा सर्वोच्चको कारण देखाउ आदेश,  दुवै पक्षलाई छलफलमा बोलायो

काठमाडौं । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई तत्काल पदमा पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

कार्कीले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो।

आफूलाई प्रहरी महानिरीक्षक पदमा पुनर्बहाली गर्न माग गर्दै कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले तत्काल अल्पकालीन अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो।

इजलासले कार्कीलाई प्रहरी महानिरीक्षक पदमा पुनर्बहाली नगर्नुपर्ने कारणसहित लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ।

त्यसैगरी, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि उपस्थित गराउन पनि अदालतले आदेश दिएको छ।

अदालतका अनुसार सबै विपक्षीको लिखित जवाफ प्राप्त भएपछि मुद्दाको नियमित सुनुवाइका लागि पेसी तोकिनेछ।

न्यायाधीश श्रीकान्त पौडेलको इजलासले आगामी सोमबार (मंसिर ७) अन्तरिम आदेशको छलफलका लागि दुवै पक्षलाई झिकाउने आदेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij