२०८३ साउन ९ शनिबार

त्रिपुरेश्वर–टेकु क्षेत्रका ८५ व्यवसायीले ठूलो कर रकम बुुझाउन बाँकी, कर कार्यालयले सुरू ग¥यो आक्रमक ताकेता

ई आर्थिक    मंगलबार, चैत्र २७ २०८०
7.9K
Shares
त्रिपुरेश्वर–टेकु क्षेत्रका ८५ व्यवसायीले ठूलो कर रकम बुुझाउन बाँकी, कर कार्यालयले सुरू ग¥यो आक्रमक ताकेता

ई–आर्थिक, काठमाडौं । आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरले आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) नतिर्ने व्यवसायिक संस्था तथा कम्पनी माथि आक्रमक ताकेता सुरू गरेको छ । कर कार्यालmयले ८५ व्यवसायीहरुको नाम सार्वजानिक गर्दै कर तिर्न ताकेता गरेको हो । कार्यालयले पटक–पटक ताकेता गर्दा पनि कर विवरण नबुझाएपछि सूचि सार्वजनिक गरेको हो ।

कार्यालयले सार्वजनिक गरेको सूचिमा सरकारकै पुर्ण स्वामित्व रहेको नेपाल औषधि लिमिटेड समेत परेको छ । नेपाल औषधि लिमिटेडले समेत कर विवरण नबुझाएको, भ्याट र आयकर छलि गरेको कर कार्यालयको दाबी छ । कार्यालयले करदाताहरुलाई कर बक्यौता दाखिला गर्न विभिन्न मितिमा फोन सम्पर्क, एसएमएस, इमेल तथा पत्राचार गरी जानकारी गराएको बताएको छ ।

कार्यालयबाट कारोबारस्थलमा भ्रमण गर्दा बक्यौता रकम दाखिला गर्ने भनी प्रतिवद्धता प्रकट गरेका करदाताबाट समेत हालसम्म बक्यौता रकम दाखिला नभएको कार्यालयले जनाएको छ । कर बक्यौता दाखिला गर्ने विषयको पत्र हुलाकमार्फत रजिष्ट्रि गरी पठाएकोमा केही पत्रहरु कार्यालयमा फिर्ता आएको कार्यालयको भनाई छ ।

कार्यालयले करदाताहरुलाई कर बक्यौता हुनु नपर्ने कुनै प्रमाण भए सो प्रमाण पेश गरी वा रकम बैक दाखिला गरी बक्यौता फरफारक गर्न आग्रह गरेको छ । सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र बक्यौता फरफारक नभएमा कारवाही प्रकृया अघि बढाउने कार्यालयले जनाएको छ ।

आयकर बक्यौताको हकमा आयकर ऐन, २०५८ को दफा १०४ देखि दफा १११ सम्म तथा मूल्य अभिबृद्धि कर बक्यौताको हकमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ मा उल्लेखित कुनै वा सबै प्रकृया अपनाई कानूनी कारवाहीबाट असुल गरिने कार्यालयले बताएको छ ।

कर दाखिला नगर्नेमा नेपाली मात्रै नभई विदेशी व्यापारी समेत रहेका छन् । कर्पोरेटिभा मुराटोरी एण्ड सिमनटिष्ट सीएमसीडी रेभेना इटाली समेत रहेको छ । यो कम्पनीका सञ्चालक डेभिड प्यास्ट्रिनो रहेका छन् । उनले त्रिपुरेश्वको ट्रेड टावरमा अफिस राखी व्यापार गरिरहेका छन् । प्यास्ट्रिनोले कर विवरण नबुझाएपछि कार्यालयले नाम सार्वजनिक गरेको हो ।

त्रिपुरेश्वर क्षेत्रमा व्यावसाय गर्ने राजेशप्रसाद बर्मा, अजयकुमार मुडवरी, समृद्धि राजकर्णिकार, शिवओम श्रेष्ठ, जिवनमान बस्नेत लगायत ८५ जना छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij