२०८३ साउन ९ शनिबार

फोटो पत्रकार क्लबको अध्यक्षमा द्वारिका काफ्ले, नयाँ कार्यसमितिमा अन्य को–को

ई आर्थिक    आइतबार, चैत्र २५ २०८०
3.7K
Shares
फोटो पत्रकार क्लबको अध्यक्षमा द्वारिका काफ्ले, नयाँ कार्यसमितिमा अन्य को–को

ई–आर्थिक, काठमाडौं । नेपालका विभिन्न छापा सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको छाता संगठन पिजे क्लब, नेपालको तेह्रौँ साधारणसभा आइतबार सम्पन्न भएको छ। साधारणसभाले आगामी दुई वर्षका लागि द्वारिका काफ्लेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

अध्यक्षमा काफ्लेसहित उपाध्यक्षमा कान्तिपुर दैनिकका अंगद ढकाल, महासचिवमा नयाँ पत्रिकाका अमुल थापा, सचिवमा गोरखापत्र दैनिकका कबिन अधिकारी, कोषाध्यक्षमा केशव थापा निर्विरोध निर्वाचित हुनुभएको छ।

यसैगरी सदस्यमा संन्जोग मानन्धर, निशा भण्डारी, इलिट जोशी, बिजु महर्जन, सरोज बैजु र सन्जित परियार निर्विरोध चयन हुनुभएको छ।

निर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक एआईपिएसका कोषाध्यक्ष तथा अधिवक्ता निरजंन राजबशी, संस्थापक अध्यक्ष चन्द्रशेखर कार्कीले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य विकास कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनमा क्लबका पूर्वअध्यक्ष प्रकाश माथेमा, वरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठको उपस्थिती थियो।

क्लबले फोटोपत्रकारको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्ययोजना बनाई विशेष महत्वका साथ कार्य गर्दै जानेछ निर्णय साधारणसभाले गरेको छ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हकहितका लागि अझै सक्रिय भूमिका निभाउदै नेपाल पत्रकार महासंघको हरेक गतिविधिमा सक्रिय सहभागितासहित क्लबले पैरवी गर्दै जाने निणर्यसमेत गरेको छ।

नवनिर्वाचित कार्यसमितीको पहिलो बैठकले निवर्तमान कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यलाई क्लबप्रति गरेको योगदानका लागि विशेष धन्यवाद दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij