२०८३ साउन १२ मंगलबार

शिखर इन्स्योरेन्स कम्पनीको १९ औं वार्षिक साधारण सभा सम्पन्न

ई आर्थिक    शनिबार, चैत्र १० २०८०
6.5K
Shares
शिखर इन्स्योरेन्स कम्पनीको १९ औं वार्षिक साधारण सभा सम्पन्न

ई–आर्थिक, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको थापाथलीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा शुक्रवार सभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

त्यस्तै सभाले कम्पनीको स्वतन्क्र सञ्चालकको नियुक्ति बारेमा बीमा ऐन २०७९ बमोजिम साधारणसभामा जानकारी गराएको छ ।

सभाले संस्थापक समूह ‘क’ का शेयरधनीबाट तीन जना र सर्वसाधारण समूह ‘ख’ बाट एक जना संचालकको निर्वाचन गर्ने र कम्पनीबाट गरिएको चन्दा तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च अनुमोदन गर्ने एजेण्डालाई पनि पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij