२०८३ साउन ११ सोमबार

सुन तस्करी अभियोगमा पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन प्रहरी नियन्त्रणमा

ई आर्थिक    शुक्रबार, चैत्र २ २०८०
4.9K
Shares
सुन तस्करी अभियोगमा पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन प्रहरी नियन्त्रणमा

ई–आर्थिक, काठमाडौं । सुन तस्करी अभियोगमा अनेरास्ववियु क्रान्तिकारीका महासचिव दिपेश पुन पक्राउ परेका छन् । दीपेश पुन पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा पनि हुन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालका अनुसार पुन शुक्रबार काठमाडौंबाट पक्राउ परेका हुन् ।

गत साउनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद गरिएको झण्डै ६१ किलो सुन प्रकरणका मुख्य आरोपी दावाछिरिङसँग पुनको सम्बन्ध रहेको पाइएको थियो।

बिहीबार गृहमन्त्रीसमक्ष पेस गरिएको सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा पुनको संलग्नता औँल्याएको छ। गृहमन्त्रीलाई आयोगले प्रतिवेदन बुझाए लगत्तै प्रहरीले पुनलाई पक्राउ गरेको हो। पुन पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन्। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij