२०८३ साउन ११ सोमबार

सीआईबीको प्रमुखमा एआईजी ज्ञवाली, सुन तस्करीका दोषीलाई कारबाही गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

ई आर्थिक    शुक्रबार, चैत्र २ २०८०
3.8K
Shares
सीआईबीको प्रमुखमा एआईजी ज्ञवाली, सुन तस्करीका दोषीलाई कारबाही गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

ई–आर्थिक, काठमाडौं । सरकारले प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नेतृत्व परिवर्तन गरेको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुखमा एआईजी श्यामलाल ज्ञवालीलाई पठाउने निर्णय गरेको हो ।

सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री शर्माले भन्नुभयो,‘सुनको अवैध पैठारीका विषयमा अध्ययन गर्न जाँचबुझ आयोग बनाएका थियौं । आयोगले गृहमन्त्रीलाई बुझाएको प्रतिवेदन गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयनमा लैजाने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा गर्ने निर्णय गरेको छ । श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रधान कार्यालय कार्यविभागबाट केन्द्रीय अनुसन्धान ब्यूरोमा र केन्दीय अनुसन्धान ब्यूरो प्रमुख किरण बज्राचार्यलाई केन्द्रीय कार्यालयको कार्यविभागमा सरुवा गर्ने निर्णय भएको छ ।

सुन प्रकरणमा सरकारको धारणा दोषी कोही पनि छुट्नु हुन्न । निर्दोष कोही पनि पर्नुहुन्न भन्ने छ । यो धारणामा को व्यक्ति कसको भन्ने कुरा हुँदैन । प्रमाणले पुगेपछि जोसुकै पनि कारबाहीको दायरामा आउनु स्वभाविक हो ।’

सञ्चारमन्त्री शर्माले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन अध्ययन गरेर सरकारले दोषीलाई कारबाही गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij