ई–आर्थिक, काठमाडौं । ग्लोबल आइएमई बैंकलाई विश्वको उत्कृष्ट १००० बैंक मध्येमा एक बनाउने बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनु भएको छ । एक युट्युव च्यानललाई भिडियो अन्तर्वार्ता दिंदै उहाँले बैंकलाई विश्वको उत्कृष्ट १००० बैंकमा पुु¥याउन ठूलो कुरा नभएको बताउनुु भएको हो ।
त्यसका लागि बैंकले केही मेहनत गर्नुपर्ने उहाँको भनाई छ । त्यसका लागि आफूहरु तयार रहेको पनि उहाँले बताउनुभयो ।
अझ एक/दुई बर्ष क्यास डिभिडेन्ट नलिने हो भने झनै सजिलै बैंकमा ग्लोबल आइएमई बैंकलाई विश्वको उत्कृष्ट १००० पु¥याउन कुनै कठिनाई नहुने पनि उहाँ बताउनुहुन्छ ।
धेरै पछि सुरु गरेको बैंक भएपनि नेपालको नम्बर वान बैंक बनाउन सफल भएको सम्झदै उहाँले बैंकलाई सो स्थानमा पु¥याएरै छाड्ने दोहो¥याउनुभयो ।
भिडियोको लागि तलको लिंक क्लिक गर्नुहोला ।