२०८३ साउन १२ मंगलबार

चितवनमा फागुन २५ देखि २७ गतेसम्म नवौँ नेपाल फर्मा एक्स्पो–२०२४ हुने

ई आर्थिक    बिहिबार, फाल्गुन २४ २०८०
3.5K
Shares
चितवनमा फागुन २५ देखि २७ गतेसम्म नवौँ नेपाल फर्मा एक्स्पो–२०२४ हुने

काठमाडौं । चितवनमा भोलि देखि देखि नवौँ नेपाल फर्मा एक्स्पो–२०२४ हुने भएको छ । नेपाल औषधि उत्पादक संघ (एपोन)ले ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा यहि फागुन २५ देखि २७ गतेसम्म एक्स्पो गर्न लागेको हो ।

बुधबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै एपोनले नेपालि औषधि उद्योगको बिकास र प्रवद्र्धन गर्नका साथै निर्यात गर्न योग्य नेपालका औषधि उद्योगमा प्रयोग भइरहेका प्रविधि, उपकरण, विधि, पद्दतिका बारेमा जानकारी गराउने उद्देश्यले फर्मा एक्स्पो आयोजना गरिएको जनाईएको छ ।

एक्स्पोमा साधारण नेपाली जनताले औषधि कसरी बन्दछ, औषधिको गुणस्तरण कस्तो छ भन्ने कुरा जान्न र आफ्नो देशको उद्योगबाट उत्पादन भएका औषधि अन्तर्राष्ट्रिय मापदण्डको प्रयोग कसरी गरेका छन् भन्ने कुरा जानकारी प्राप्त गर्न सकिने फर्मा एक्स्पो संयोजक प्रभात रुङ्गग्टाले बताए ।

एक्स्पोमा १६० वटा स्टल राखिएका छन् । यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, लगायत नौ देशहरूले उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब, कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल पनि राखिने छ ।

एक्स्पोमा चिकित्सक, स्वास्थ्यकर्मी, फर्मासिस्ट, नर्स, औषधि व्यवसायी, संचारकर्मी, उद्योगी र सर्वसाधारण गरि करिव २५ हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ भने फर्मा एक्स्पोको सम्पूर्ण तयारी पनि पुरा भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij