२०८३ साउन ११ सोमबार

पहिलो पटक बुक बिल्डिङ विधिबाट खुलेको सर्वोत्तम सिमेन्टको आईपीओ शुक्रबार बाँडफाँट हुने

ई आर्थिक    सोमबार, फाल्गुन २१ २०८०
3.3K
Shares
पहिलो पटक बुक बिल्डिङ विधिबाट खुलेको सर्वोत्तम सिमेन्टको  आईपीओ शुक्रबार बाँडफाँट हुने

ई–आर्थिक, काठमाडौं । सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) शुक्रबार बाँडफाँट हुने भएको छ । सर्वोत्तमको सेयर पहिलो पटक बुक बिल्डिङ विधिबाट खुलेको थियो ।

बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट हुने जानकारी दिएको छ ।

गोलाप्रथाबाट आवेदकलाई न्यूनतम ५० कित्ताका दरले शुक्रबार सेयर बाँडफाँट हुने भएको छ ।

सर्वोत्तमको आईपीओमा १० लाखभन्दा धेरैले आवेदन दिएका छन् । करिब २० अर्ब रुपैयाँ आवेदकको बैंक खातामै ब्लक भएको छ । कुल २७ लाख ७६ हजार ७६ कित्ताका लागि कम्पनीले आवेदन माग गरेको थियो ।

कम्पनीको आईपीओ जम्मा ५५ हजार ५२१ जनाले पाउने छन् । बुक बिल्डिङ निर्देशिकाअनुसार न्यूनतम ५० कित्ताका लागि नै आवेदन दिनुपर्ने र बाँडफाँटमा पनि न्यूनतम ५० कित्ता नै दिइनुपर्ने व्यवस्था छ । बुक बिल्डिङ विधिअनुसार मूल्य तय भई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले सर्वसाधारणलाई आईपीओ खुलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij