२०८३ साउन १२ मंगलबार

इसेवा लाइफ केयर योजना अन्तर्गत ५ लाख ३० हजारसम्मको आर्थिक सुरक्षा पाइने

ई आर्थिक    सोमबार, फाल्गुन १४ २०८०
2.4K
Shares
इसेवा लाइफ केयर योजना अन्तर्गत ५ लाख ३० हजारसम्मको आर्थिक सुरक्षा पाइने

ई–आर्थिक, काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले इसेवा केयरको सफलतासँगै इसेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ।

यसअघि दुर्घटना तथा बिरामी पर्दाको अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक गरिएको इसेवा केयरलाई ग्राहकले अत्यधिक मन पराएपछि अहिले जीवनकै बीमा हुने गरी इसेवा लाइफ केयर योजना सार्वजनिक गरिएको हो। इसेवा लाइफ केयर एक टर्म लाइफ जीवन बीमा प्याकेज हो। जसले ५ लाख ३० हजारसम्मको जीवन बीमाको ग्यारेन्टी गर्दछ।

यो जीवन बीमा योजना सन लाइफ इन्स्योरेन्स् र हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा सञ्चालन गरिएको हो। यस योजनामा इसेवा केयरमा जस्तै विभिन्न स्वास्थ्य सम्बन्धी सेवाहरूमा अफर तथा छुटहरू समेत समावेश गरिएको छ। यस योजनामा वार्षिक ७ सयदेखि सुरुवाती मूल्यमा ५ लाख ३० हजार रुपैयाँको लाइफ केयर प्रदान गर्दछ। यस योजनाले सस्तो मूल्यमा १८ देखि ४५ वर्ष उमेर सम्मको बिमाका साथै अन्य स्वास्थ्य सुविधाहरू प्रदान गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। यस योजनामा उमेर अनुसार प्रीमियम रकम पनि फरक हुनेछ।

यसअघि दुर्घटना तथा बिरामी पर्दाको अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक गरिएको इसेवा केयरलाई ग्राहकले अत्यधिक मन पराएपछि यसमा जिबन बीमा पनि समावेश गरि इसेवा लाइफ केयर योजना सार्वजनिक गरिएको हो। इसेवा लाइफ केयर योजनामा टर्म लाइफ कभरेज २ लाख ५० हजार, दुर्घटना उपचार खर्च एक लाख, अस्पतालको बेड चार्जमा १० हजार, दुर्घटनाबाट भएको मृत्युमा एक लाख २० हजार, गम्भिर रोगको ५० हजार र ३० भन्दा बढी स्वास्थ्य र सौन्दर्य सम्बन्धित सेवामा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिन्छ। इसेवा प्रयोगकर्ताले यो सेवा लिन सुरुमा इसेवाको मोबाइल एप्स् अथवा वेबपेजमा जानुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij