२०८३ साउन १२ मंगलबार

कृषि विकास बैंककाे ३० फागुनमा साधारणसभा

ई आर्थिक    मंगलबार, फाल्गुन ८ २०८०
2K
Shares
कृषि विकास बैंककाे ३० फागुनमा साधारणसभा

काठमाडौ। कृषि विकास बैंकले लाभांश प्रस्ताव नगरी वर्षिक साधारण सभा बोलाएको छ । फागुन ३० गते सत्रौं सधारण सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभा प्रयोजनार्थ बैंकले फागुन १७ गते शनिबारदेखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन १५ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । फागुन १६ गते शुक्रबार परेकाले सेयर कारोबार हुँदैन ।सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । इक्विटीमा भएको परिवर्तन, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij