२०८३ साउन १० आइतबार

अर्थतन्त्र चलायमान भइरहेको अर्थमन्त्रीको दाबी

ई आर्थिक    बुधबार, माघ २४ २०८०
6K
Shares
अर्थतन्त्र चलायमान भइरहेको अर्थमन्त्रीको दाबी

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक भए पनि बजेटरी सिस्टममा समस्या भएको बताएका छन् । त्यसलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्ने उनले बताए ।

इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को पहिलो वार्षिक उत्सव कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै मन्त्री महतले विगतमा आवश्यकता र प्राथमिकताविना अनुत्पादक क्षेत्रमा खर्च भएकाले अहिले समस्या परिरहेको बताए । ‘अर्थतन्त्र विस्तारै चलायमान हुँदाहुँदै पनि हाम्रो बजेटरी सिस्टममा अझै समस्या छ । त्यसलाई सिस्टममा ल्याउन दुई वर्ष लाग्छ,’ मन्त्री महतले भने, ‘किनकी हिँजोका दिनमा धेरै अनुत्पादक क्षेत्रमा खर्च भयो । आवश्यकताभन्दा ठूला-ठूला संरचनामा खर्च भए । दीर्घकालीन आवश्यकता र प्राथमिकताविना खर्च भए ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा एकसाथ ३९६ अस्पताल शिलान्यास भएको उदाहरण दिंदै उनले विगतको सरकारले पछि तिर्ने गरेर पहिल्यै खर्च गरेकाले त्यसको सम्पूर्ण दायित्व अहिलेको सरकारले व्यहोर्नु परिरहेको बताए ।

‘बेथितिबाट बजेट खर्च भएको थियो, बेथितिलाई थितीमा ल्याउन अझै समय लाग्छ,’ मन्त्री महतले भने । तर समग्रमा अर्थतन्त्र लयमा फर्किंदै गरेको बताउँदै उनले भने, ‘बाह्य क्षेत्र सकारात्मक छ । आन्तरिक क्षेत्र पनि सकारात्मक हुँदै गएको तथ्यांकले नै देखाएको छ ।’

अहिले मुलुकको विदेशी मुद्रा सञ्चिति १८ खर्ब नाघेको जानकारी दिंदै मन्त्री महतले त्यसलाई खर्च गर्न भने समस्या भएको बताए । आगामी दिनमा त्यो खर्च पनि तीव्ररुपमा बढ्ने उनले बताए ।

‘पुँजी आएको छ तर त्यसलाई खर्च गर्न समस्या भएको छ । अब आउने दिनमा त्यो खर्च पनि तीव्र रुपमा बढ्छ । किनकि ठेक्का लाग्ने प्रक्रियामा छ,’ उनले भने, ‘तर सरकारको पुँजीगत खर्चले मात्र अर्थतन्त्र चलायमान हुँदैन । त्यो सानो हिस्सा मात्र हो ।’

सरकारको धेरै बजेट सामाजिक सुरक्षा भत्ता, कर्मचारीको तलबभत्ता र विदेशी ऋणको सावाँ ब्यामा खर्च हुने गरेको उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij