२०८३ साउन १० आइतबार

यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधि मार्फत साधारण शेयर निष्काशन गर्ने

ई आर्थिक    बिहिबार, माघ ४ २०८०
5.9K
Shares
यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधि मार्फत साधारण शेयर निष्काशन गर्ने

ई–आर्थिक, काठमाडौं । यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधि मार्फत साधारण शेयर निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा यति ब्रुअरी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक श्री संजीव सर्राफ र एनआइएमबि एस क्यापिटल लिमिटेडका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गर्नुभएको छ ।

अटल कम्प्लेक्स उत्तरढोका, लाजिम्पाट, काठमाडौंमा रजिष्टर्ड कार्यालय रहेको यति ब्रुअरी लिमिटेडको ब्रुअरी फ्याक्ट्री खैरहनी नगरपालिका वडा नं. ४ चितवन जिल्लामा अवस्थित छ । यति ब्रुअरी लिमिटेडले हाल अर्ना , यति , वाईबी , शिखर लगायत किंगफिसर जस्ता चर्चित ब्राण्डका बियर बोतल तथा क्यानमा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

उक्त सम्झौता अन्तर्गत एनआइएमबि एस क्यापिटल लिमिटेडद्वारा बुक बिल्डिङ्ग विधि मार्फत यति ब्रुअरी लिमिटेडको साधारण शेयरहरु सार्वजनिक निष्काशन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यहरुमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको सेवा प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij