ई–आर्थिक, काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो जमिनमा गाजा खेती गर्ने विकल्पमा पनि सोच्नुपर्ने धारणा राख्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘बाझो जमिनमा के गर्ने भन्ने कुरामा गाजामा अनुसन्धान गर्नेहरुले प्रस्ताव गरिरहेका छन् । समितिमा आएर प्रस्तुत गर्छु भन्नुभएको छ । केही समयपछि हामी प्रस्तुतिको वातावरण मिलाउँछौं।’’
समितिको बुधबार बसेको बैठकमा कृषिमन्त्री बेदुराम भुसालले बजेट अभावका कारण कृषिको आधुनिकीकरण तथा उत्पादन वृद्धि गर्न नसकिएको र १० लाख हेक्टरभन्दा बढी जमिन बाँझो रहन पुगेको जानकारी गराएपछि सभापति राणाले बजेट बढाउन पहल गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ ।
बजेट बढाउनका लागि समितिले अर्थ मन्त्रालयमा अनुरोध गरेर पत्र पठाउने उहाँको भनाइ छ ।
सभापति राणाले भन्नुभयो, ‘‘कृषि हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो । मैले अर्थमन्त्री र सचिवलाई जहिले पनि भन्ने गर्छु कि यो लगानी हो, ५ रुपैयाँ हाल्यो भने ५० रुपैयाँ फल्छ, पैसा हाल्नुस्, कृषिमा जुन किसिमको सुविधा नेपाली जनताले खोजेका छन्, त्यसका लागि कम्तीमा पनि ५ प्रतिशत बजेटका लागि समितिबाट लबिङ गर्छौं, समितिले कृषि मन्त्रालयलाई पूर्ण सहयोग गर्छ ।’’
बैठकमा कृषिमन्त्री भुसालले आयात प्रतिस्थापन गर्न उत्पादन वृद्वि गर्नुपर्ने र यसका लागि कृषिमा भएका समस्याहरू निराकरण गरेर जानुपर्नेमा जोड दिनुभयो ।
कृषिको आधुनिकीकरणका लागि प्राविधिक जनशक्तिको अभाव रहेको र मन्त्रालय अहिले संगठन तथा व्यवस्थापन सर्वेक्षण ९ओएण्डएम० गरिरहेको जानकारी मन्त्री भुसालले दिनुभयो ।
सभापति राणाले संविधानको भावना र भोगाइबाट सिकेर ओएमएन गर्न अनुरोध गर्दै प्राविधिक नियामक विज्ञहरु केन्द्रबाट हुने र सेवा प्रवाह प्रदेश र स्थानीय तहबाट हुने गरी व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।
मन्त्री भुसालले १० लाख ३० हजार हेक्टर जमिन बाँझो रहेको र पाइपबाट नदी प्रणाली जोड्नुपर्ने धारणा राख्नुभयो । सभापति राणाले बाँझो जमिनमा गाजा खेती गर्ने विकल्पमा पनि सोच्नुपर्ने धारणा राख्नुभयो ।
‘बाझो जमिनमा के गर्ने भन्ने कुरामा गाजामा अनुसन्धान गर्नेहरुले प्रस्ताव गरिरहेका छन् । समितिमा आएर प्रस्तुत गर्छु भन्नुभएको छ । केही समयपछि हामी प्रस्तुतिको वातावरण मिलाउँछौं, उहाँले भन्नुभयो ।
मात्रै