२०८३ साउन १२ मंगलबार

जलविद्युत् आयोजनाहरूलाई १५ दिनभित्र रोयल्टी फरफारक गर्न सरकारको निर्देशन

ई आर्थिक    शुक्रबार, पौस २० २०८०
7.3K
Shares
जलविद्युत् आयोजनाहरूलाई १५ दिनभित्र रोयल्टी फरफारक गर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले जलविद्युत् आयोजनाहरुलाई बक्यौता रोयल्टी फरफारक गर्न १५ दिनको अल्टिमेटम दिएको छ । विद्युत् विकास विभागले बुधबार एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७९/८० सम्मको विद्युत् रोयल्टी फरफारक गर्न १५ दिनको समयावधि दिइएको हो ।

यो नियम १ मेगावाट भन्दामाथि जडित सबै क्षमताका जलविद्युत् आयोजनाको हकमा लागु हुन्छ ।

विद्युत् ऐन २०४९ तथा विद्युत नियमावली २०५० अनुसार विद्युत् उत्पादनको अनुमति पाएका संस्थाले रोयल्टी बुझाउनु पर्छ । यस्तो रोयल्टी अहिले तीन वटै तहका सरकारमा बाँडफाँट समेत हुने गरेको छ ।

विभागले गत आवसम्म जडित क्षमता तथा ऊर्जा बिक्री वापतको रकम फरफारक गर्न भनेको हो । त्यसो नगरे नेपाल विद्युत् प्राधिकरणबाट आयोजनाको विद्युत ऊर्जा बिक्रीबाट हुने भुक्तानीबाट कट्टा गरी बक्यौता असुल गरिने समेत विभागले सूचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij