२०८३ साउन १२ मंगलबार

कमेरोटार जग्गा एकीकरण आयोजना २० वर्षदेखि अलपत्र

ई आर्थिक    मंगलबार, पौस १७ २०८०
7.1K
Shares
कमेरोटार जग्गा एकीकरण आयोजना २० वर्षदेखि अलपत्र

भक्तपुर । मध्यपुरथिमि नगरपालिकास्थित कमेरोटार जग्गा एकीकरण आयोजनाका पीडितहरूले २० वर्ष अगाडि गठन भएको उपभोक्ता समिति खारेज गरेर आयोजनाको स्वामित्व नगरपालिकाले लिन माग गरेका छन् ।

तत्कालीन नगर विकास ऐन, २०४५ तथा हालको उपत्यका विकास प्राधिकरण ऐन २०४५ अनुसार सञ्चालन भई जग्गा एकीकरण आयोजना २०६५ असार मसान्त सम्ममा सम्पूर्ण आयोजना सम्पन्न गरेर जग्गा धनीलाई विकसित घडेरीसहितको जग्गा फिर्ता गर्ने सर्तमा नगर विकास आयोजनाले २०६१ सालमा एक हजार पाँच सय रोपनी क्षेत्रभित्र आयोजना सुरु गरेको थियो ।

कमेरोटार जग्गा एकीकरण आयोजना २० वर्ष बित्दा पनि सम्पन्न नगरी अलपत्र पारेर जग्गा धनीहरूलाई पीडित बनाएको भन्दै कमेरोटार नगर विकास संयोजन समाजका अध्यक्ष इन्द्रकुमार श्रेष्ठ नेतृत्वका पीडित उपभोक्ताहरूले यस्तो माग गरेका हुन् । वि.सं.२०५९ मङ्सिर १ गते उपभोक्ताको हितमा काम गर्ने गरी पूर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठको अध्यक्षतामा गठन भएको कमेरोटार जग्गा एकीकरण आयोजना उपभोक्ता समिति हालसम्म यथावतै रहेको तर उपभोक्ता समिति नै जग्गा धनीको पक्षमा काम नगरी आयोजनाको पक्षमा बसेर उपभोक्ताको हित विपरीत काम गरेको संयोजन समाजका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलाई ज्ञापनपत्र बुझाएर सुरु भएको अभियानमा सहरी विकास मन्त्रालयसहित सरोकारवाला सबै निकायमा ज्ञापनपत्र बुझाइ सकिएको समितिका एकराज भण्डारीले बताउनुभयो । सो उपभोक्ता समितिमा जग्गाधनी रहनुपर्नेमा राजनीतिक दलको भागबण्डा बनाएर राखिएको, जग्गा धनीलाई समितिबाट बाहिर राखिएको, २० वर्षदेखि अर्बौँको जग्गा बिक्री गरेर कुनै पनि हिसाब नराखेको, वर्षौँदेखि आयोजनाको अडिट नगरेको, करोडौँ रुपियाँ बैठक भत्तामै सकेको समितिका अध्यक्ष श्रेष्ठको भनाइ छ ।

तीन वर्षमा आयोजना सम्पन्न गर्ने भनिए पनि अझैसम्म आयोजनामा कालोपत्र सडकले पूर्णता नपाएको, खानेपानीको पाइप पुर्‍याइएको तर पानी वितरण नगरिएको, ५३ रोपनीमा हरियाली क्षेत्र र खेलमैदान बनाउने भनिए पनि त्यो जग्गासमेत बिक्री गरेर ३६ रोपनी मात्र बनाएको, दुई हजारभन्दा बढी घर भएको बस्तीमा कम्तीमा १२ इन्च डायामिटरको पाइप हाल्नुपर्नेमा आठ इन्च डायमिटरको ह्युमपाइप हालेर छोड्दा वर्षामा ढल जाम भएर बस्ती डुबानमा पर्ने गरेको समाजका मोहनसिंह प्रधानले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij