२०८३ साउन १७ आइतबार

बैङ्कका कर्मचारी शर्मा झुण्डिएको अवस्थामा मृत फेला

ई आर्थिक    मंगलबार, पौस ३ २०८०
8.5K
Shares
बैङ्कका कर्मचारी शर्मा झुण्डिएको अवस्थामा मृत फेला

बुटवल । बुटवलको साइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कमा कार्यरत कर्मचारी बुटवलको फूलबारीमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाका अनुसार बुटवलको फूलबारीस्थित मणिमुकुन्द सेन उद्यानको रुखमा प्रकाश शर्मा झुण्डिएको अवस्थामा बिहान फेला पर्नुभएको हो ।

फुलवारिको एक रेष्टुरेन्टमा खाजा नास्ता खाएका शर्मा केही बेरपछि पार्कको एकान्त स्थानमा रहेको रुखमा पासो लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी घटना स्थल पुगेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख थापाले बताउनुभयो । शर्मा बुटवलको ट्राफिक चोकमा रहेको बैङ्कको कर्जा शाखामा कार्यरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij