२०८३ साउन १६ शनिबार

रोजगारीका लागि बेलायत जान ७१ जना नर्स छनोट

ई आर्थिक    आइतबार, मंसिर १० २०८०
3.2K
Shares
रोजगारीका लागि बेलायत जान ७१ जना नर्स छनोट

काठमाडौं । वैदेशिक रोजगार विभागले रोजगारीका लागि बेलायत जान आवेदन दिएका मध्ये ७१ जना नर्सको नाम छनोट गरेको छ ।

विभागले रोजगारीका लागि बेलायत जान आवेदन दिएका ७ सय ७१ जनाको लिष्टबाट ७१ जना छनोट गरेको हो । आवेदनका लागि आवश्यक कागजपत्र पूरा गरेकाहरुको नाम छनोट गरिएको विभागले जनाएको छ ।

नर्सको योग्यता र अनुभवका आधारमा सूची तयार पारिएको हो । आवेदन दिँदा कम्तिमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने प्रावधान राखिएको थियो ।

योसँगै कम्तिमा दुई वर्षको कार्यानुभव र अंग्रेजी भाषामा दख्खल भएको हुनुपर्ने भनिएको थियो । गत जुलाईमा दुई देशबीच १ सय जना नेपाली नर्स बेलायत लैजाने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij