२०८३ भाद्र ३१ बुधबार

राष्ट्र बैंकद्वारा पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का निष्काशन गर्ने प्रक्रिया अघि बढायो

ई आर्थिक    सोमबार, असोज २९ २०८०
5.7K
Shares
राष्ट्र बैंकद्वारा पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का निष्काशन गर्ने प्रक्रिया अघि बढायो

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका सिक्का निकाल्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले १५ करोड थान सिक्का निकाल्ने प्रक्रिया अघि बढाइएको हो ।
गाई चिह्न अंकित सिक्का निकाल्न सरकारले स्वीकृति दिइसकेको छ । दशैंपछि टेण्डरको प्रक्रिया थाल्ने राष्ट्र बैंकले जनाएको छ । यसअघि राष्ट्र बैंकले १ र २ रुपैयाँ दरका सिक्का निकाल्दै आएको थियो। राष्ट्र बैंक २० र ५० रुपैयाँ दरका सिक्का पनि निकाल्ने योजनामा छ ।
यस्तै राष्ट्र बैंकले यसपटक चाँदीका गाई छाप सिक्का निकालेको छ। फाइन सिल्भरमा गाई छाप अंकित सिक्का निकालिएको हो। १० ग्रामको २० हजार थान र २५ ग्रामको १५ हजार थान सिक्का निकालिएको छ। १० ग्रामको सिक्कालाई १ हजार ६ सय र २५ ग्रामको सिक्कालाई ४ हजार रुपैयाँ पर्छ।
बैंकले ९.९९ क्यारेटको १० ग्राम, ५ ग्राम र २.५ ग्रामका असर्फी पनि निकालेको छ। असर्फीको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघले तोक्ने सुनको मूल्य र अन्तर्राष्ट्रिय बजारको मूल्यलाई तुलना गरेर तोकि बिक्री गरिने टक्सार महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij