२०८३ साउन १८ सोमबार

माथिल्लो मैलुङ खोला जलविद्युतको आइपिओमा आजदेखि आवेदन दिन सकिने

ई आर्थिक    बिहिबार, असोज १८ २०८०
6.6K
Shares
माथिल्लो मैलुङ खोला जलविद्युतको आइपिओमा आजदेखि आवेदन दिन सकिने

ई–आर्थिक, काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडको आइपिओमा आवेदन खुलेको छ । कम्पनीले असोज १८ गतेदेखी असोज २२ गतेसम्म आवेदन दिने गरि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १२ करोड ८४ लाख २० हजार रुपैयाँ बराबरको १२ लाख ८४ हजार २०० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जारी पुँजी १ अर्ब रुपैयाँको २५ प्रतिशतले हुन आउने २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति दिएको थियो ।

जसमध्ये १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याएर ४ साउनदेखि १ भदौसम्म आवेदन खुलाई बाडफाट गरिसकेको छ । जसमा ९ हजार २ सय कित्ता भने बिक्रि भएको थिएन ।

यसरी १२ लाख ७५ हजार कित्ता सेयरमा स्थानीयले नकिनेको ९ हजार २०० कित्ता थप गरी सार्वसाधारणलाई निष्कासन गरिएको हो ।
आइपिओ निष्कासनको काम एन आई एमबी एस क्यापिटलले गरिरहेको छ ।

कम्पनीले रसुवाको उत्तरगया गाउँपालिकास्थित मैलुङ खोलामा १४।३ मेगावाट जडित क्षमताको मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको ब्याजसहित २ अर्ब ५० करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ रहेको छ । निर्माण अवधिको ब्याजसमेत आयोजनाको प्रति मेगावाट लागत १७ करोड ४८ लाख २५ हजार १७४ रुपैयाँ पुग्नेछ ।

आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा कम्पनीले केयर रेटिङस् नेपालबाट ‘केयर एनपी डबल बी’ इस्यूअर रेटिङ प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij